शुक्रबार, चैत्र १६, २०८०

अवैध भिओआइपी सञ्चालन गर्दै आएका शाक्य र श्रेष्ठ पक्राउ

काठमाडौँ ज्येष्ठ ६, कामपा ३५ कोटेश्वर स्थित शिव श्रेष्ठको घरमा कोठा भाडामा लिइ गैरकानुनी भिओआइपी सञ्चालन गरेको VOIPअभियोगमाकाठमाडौँ महानगरपालिका–२३ बस्ने दिपेशरत्न शाक्य र सिन्धुली भागाझोलीका शिव श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।  साथै निजहरुको साथबाट नेपाल टेलिकमको सिमकार्ड १९९ वटा, १६ पोर्टको भिओइपी मेसिन दुईवटा, ल्यापटप दुईवटा, राउटर दुईवटा, युपिएस तीनवटा, प्रयोग भइसकेको रु एक हजार दरको रिचार्ज कार्ड १२ वटा र रिचार्ज नगरिएका रु २० हजार बराबरको कार्डसमेत बरामद गरिएको ब्युरोले जनाएको छ