शुक्रबार, अशोज ५, २०८०

३सय३६ सांसदको समर्थन सहित मोदी भारतीय प्रधानमन्त्रीमा नियुक्त

एजेन्सी ज्येष्ठ ६ ,भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भारतीय जनता पार्टीका संसदीय दलका नेता नरेन्द्र मोदीलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका photo_modiछन् । भाजपा संसदीय दलको नेता चयन भएलगत्तै आज दिउँसो राष्ट्रपति भवन पुगेर मोदीले नयाँ सरकार गठनको दाबी पेश गरेकोमा राष्ट्रपति मुखर्जीले प्रधानमन्त्रीमा नियुुक्त गरिएको पत्र दिंदै मन्त्रिमण्डल गठनका लागि आग्रह गरेका हुन् ।

 मोदीले प्रधानमन्त्रीको पद तथा गोपनियतको सपथ भने आगामी सोमबार (२६ मे का दिन) साँझ ६ बजे राष्ट्रपति भवनको दरबारहलमा लिने भारतीय संचारमाध्यमहरुले जनाएको छ। मोदीलाई भाजपा गठबन्धनमा रहेका ३ सय ३६ सांसदको समर्थन रहेको छ । यसअघि दलको नेता चयन गर्न आयोजित सभालाई सम्बोधन गर्दै मोदीले आफ्नो सरकार गरिबहरुका लागि समर्पित हुने बताएका थिए । भारतका १ अर्ब २५ करोड जनताको आशा र आकांक्षालाई समेटिने भन्दै उनले आफ्नो जिम्मेवारीको समय सुरु भएको बताए । सम्बोधनका क्रममा पटक–पटक भावुक बनेका मोदीले मोदीले भाजपाको जितपछि विश्वमा भारतको प्रतिष्ठा बढेको भन्दै भारतमा आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन ल्याउन सक्षम हुने दृढता व्यक्त गरेका छन  ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930