मङ्लबार, जेष्ठ २३, २०८०

हिमाल बचाउँ, वातावरण जोगाउँ भन्ने नारा सहित विश्व वातावरण दिवस मनाइने

काठमाडौ ज्येष्ठ ९, आगामी ज्येष्ठ २२ गते हिमाल बचाउँ, वातावरण जोगाउँ भन्ने नारा सहित विश्व वातावरण दिवस विविध कार्यक्रमको आयोजना imagesगरी मनाउने भएको छ । विज्ञान,प्रविधि तथा वातावरण मन्त्रालयको संयोजनमा दिवसका दिन भृकुटीमण्डपमा इको फेयर, वातावरणीय -याली, चुरे संरक्षणसम्बन्धी कार्याशाला गोष्ठी, साइकल -याली, वाग्मती सरसफाइजस्ता कार्यक्रम आयोजना गर्ने तयारी गरेको बुझिएको छ ।

दिवस आयोजनार्थ मन्त्रालयले आज नितिगत निर्णय गर्दै मन्त्रालयका सचिव एवम् मूल समारोह समितिका अध्यक्ष कृष्णचन्द्र पौडेलको संयोजनामा मुल समिति तगा   उपसमिति गठन गर्नुको अलावा माफसलमा  दिवस सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सबै निकायलाई समन्वय गरी मनाउन अनुरोध गर्ने निर्णय गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ।