मङ्लबार, जेष्ठ २३, २०८०

स्ववियु निर्वाचनको मिति स-यो

काठमाडौँ ज्येष्ठ २, राजधानीमा विहीवार १९ विद्यार्थी सङ्गठनले त्रिभुवन विश्वविद्यालयले एकपक्षीय रूपमा निर्वाचनको मिति घोषणा गरेको भन्दै आसन्न  निर्वाचनको वहिष्कार सहितको विरोधका कार्यक्रम सार्वजनिक गरेपछि यसअघि जेठ १४ मा निर्वाचन गर्ने भनी मिति सार्वजनिक गरेको  मितिमा फेरबदल गर्दै विश्वविद्यालयले स्ववियु निर्वाचनको मिति यही जेठ १८ गतेका लागि सारेको छ ।

अनेरास्ववियू क्रान्तिकारी, अखिल क्रान्तिकारी , तराई मधेस विद्यार्र्थी फ्रन्ट, मधेसी विद्यार्थी फोरम लोकतान्त्रिक, राप्रविसङ्घ नेपाल, मधेसी  फोरम नेपाल, अग्रगामी विद्यार्थी युनियन, सङ्घीय  विद्यार्थी युनियन, अखिल पाँचौ, क्रान्तिकारी  विद्यार्थी  सङ्गठन नेपाल, नेपाल आदिवासी जनजाति  विद्यार्थी महासङ्घ, अखिल नेपाल  विद्यार्थी  मञ्च, नेपाल विद्यार्र्थी परिवार, नवसमाजवादी विद्यार्थी  मञ्च, नेपाल लोकतान्त्रिक  विद्यार्थी फ्रन्ट, सङ्घीय विद्यार्र्थी मञ्च, सङ्घीय विद्यार्थी सङ्घ र राप्रविसङ्घका नेताहरुले घोषित चुनावलाई सक्रिय र सशक्त बहिष्कार गर्ने, क्याम्पस प्रमुखको कार्यकक्षमा गरिएको तालाबन्दीलाई निरन्तरता दिने, बृहत् अन्तरक्रिया गर्ने, उपकुलपतिको कार्यालयमा धर्ना दिने लगायतका कार्यक्रमको घोषणा गरेका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930