काठमाडौं ज्येष्ठ १०, साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक ममता झाले आज राजीनामा दिनुभएको छ । रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै झाले आफ्नो राजीनामा दिनुभएको हो । पत्रकार सम्मेलनमा बोल्दै झाले दयनीय अवस्थामा रहेको एउटा साहित्यिक संस्था साझा प्रकाशनलाई आफुले सुधार गर्दा गर्दैको अवस्थामा संस्थाप्रति सबैको आँखा लागेको बताईन । त्यस्तै उहाँले आफूले काम गरिरहँदा अनावश्यकरुपमा राजनीतिक दबाब आएको भन्दै आफूलाई कसैले पनि सहयोग नगरेकाले नेपाल सद्भावना पार्टीको साधारण सदस्यबाट पनि राजीनामा दिने घोषणा गर्नुभएको थियो ।