शुक्रबार, अशोज ५, २०८०

सहरी क्षेत्रमा फस्टाउँदै छ कौसी खेती

काठमाडौँ वैशाख १८, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले कालिकास्थानस्थित साहित्यकार पवन आलोक र गृहिणी रेखा कँडेल तथा  दिलीप श्रेष्ठको ‘रुफ टप गार्डेन’को अनुगमन गदै सहरी क्षेत्रमा पनि अत्यन्तै सरल र सहजरुपमा कौसीमा तरकारी खेती गर्न golvedaveg-growing-on-home-topसकिने भएकाले त्यसको प्रचार प्रसार गर्नुपर्ने बताउनुभएको छ । काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा रहेका कौसी तरकारी खेती र कम्पोष्ट मल कारखानाको आज निरीक्षण गर्दै उहाँले सामान्य खर्चमा भान्छाबाट निस्किएका फोहर र पानीबाट यस्तो करेसाबारी सञ्चालन गर्न सकिने भएकाले त्यसको प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको हो ।

त्यस्तै सहरी विकास मन्त्रालयका सचिव किशोर थापाले फोहरलाई मोहर बनाउने काममा उद्यमीलाई सघाउन सरकार तयार बताउँदै मुलुकलाई तरकारी तथा फलफूलमा आत्मनिर्भर बनाउन सकिने धारणा सहित कौसी खेती प्रणाली प्रभावकारी हुने अभिव्यक्ति दिनु भएको थियो । साथै काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मण अर्यालले ‘रुफ टफ गार्डेन’का लागि हालसम्म ६५० जनालाई तालिम दिइसकेको र यसै वर्ष थप ५०० जनालाई तालिम दिने तयारी भइरहेको जानकारी दिदै कौसी खेती प्रणालीको प्रसंगमा चर्चा गर्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930