आइतवार, जेष्ठ १४, २०८०

सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई महिला मैत्री बनाउँन माग

 काठमाडौँ वैशाख १८, राष्ट्रिय महिला आयोग र शान्ति मालिका द्वारा बुधबार राजधानीमा आयोजित एक अन्र्तक्रियामा महिला अधिकारकर्मीहरुले गठन हुने क्रममा रहेको मेलमिलाप आयोग महिला मैत्री हुनुपर्ने माग गरेका छन । कार्यक्रममा मानवअधिकारकर्मी सुबोधराज प्याकु-यालले सत्यनिरुपण तथा मेलमिलाप आयोगमा राजनीतिक नियुक्ति नभई स्वतन्त्र व्यक्तिलाई नियुक्त गर्नुपर्नेमा जोड दिनुभएको थियो भने पत्रकार बबिता बस्नेतले पछिल्लोपटक मुलुकका विभिन्न स्थानमा भएका बलात्कार रथा बोक्सीको आरोपमा महिलामाथि भइरहेको कुटपिटलगायत महिला हिंसाका घटनालाई रोक्नुपर्ने बताउनुभएको थियो ।

अधिवक्ता हरि फुयालले ढिलै भए पनि सत्यनिरुपण तथा मेलमिलाप आयोग बनाउनु सकारात्मक भएको भन्दै त्यसलाई सकारात्मक बाटोमा सफल बनाउन सबै लाग्नु जरुरी छ भन्नुुभयो । त्यस्तै महिला अधिकारकर्मी मन्दिरा शर्मा,अधिवक्ता हरि फुयाल लगायतका वक्ताले राज्यका हरेक निकायमा महिलाको समान सहभागिता गराउँने तर्फ विशेष पहल गर्नु जरुरी रहेको बताउँनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930