शुक्रबार, मंसिर १५, २०८०
Dashain

संविधान निर्माण गरी सङ्क्रमण काललाई छिटो टुङ्ग्याईने प्रम कोइरालाको प्रतिवद्धता

काठमाडौँ ज्येष्ठ १५,  सातौ गणतन्त्र दिवस, २०७१ को अवसरमा आज सैनिक मञ्चमा मूल समारोह समितिद्वारा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति डा रामवरण यादव सहभागि हुनु भएको छ ।

Republic_4त्यस्तै कार्यक्रममा उपराष्ट्रपति परमानन्द झा,संविधानसभाका अध्यक्ष, प्रधानन्यायाधीश लगायत विशिष्ट व्यक्तिको उपस्थिति रहको उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले समयभित्रै संविधानसभाबाट संविधान निर्माण गरी सङ्क्रमणकाललाई छिटोभन्दा छिटो टुङ्ग्याउनु मुलुकको आवश्यकता भएको भन्दै आफुले यो प्रतिवद्धतालाई पुरा गर्ने बताउँनु भएको छ ।

त्यस्तै मुलकको आर्थिक, सामाजिक रुपान्तरणको लागि सरकारले सय दिनमा केही महत्वपूर्ण कार्य गरेको उल्लेख गर्दै नयाँ आर्थिक वर्षको बजेट र सरकारको नीति तथा कार्यक्रम चाँडै ल्याउने जानकारी पनि दिदै प्रम कोइरालाले संविधानसभामा २६ जना सदस्यको मनोनयन र अन्य नियुक्तिलाई राजनीतिक सहमतिका आधारमा पूरा गरिने बताउनुभएको छ । फोटो  कर्यक्रममा नेपाली सेनाले दुई वटा हेलिकोप्टरबाट पुष्पवृष्टि गर्नुका साथै गणतन्त्र दिवस, २०७१ लेखिएको व्यानर प्रदर्शन गर्नुको अलावा विविध सांस्कृतिक प्रस्तुति गरिएको थियो । फोटो : rss

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930