शनिबार, अशोज ६, २०८०

संविधानसभाको आजको बैठकमा प्राकृतिक स्रोत र आर्थिक अधिकारसम्बन्धी प्रतिवेदनमा छलफल

  काठमाडौँ ज्येष्ठ ५, संविधानसभाको आजको बैठकमा ‘तत्कालीन प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजस्व बाँडफाँड समितिको प्रतिवेदन र राष्ट्रिय हित संरक्षण समितिको प्रतिवेदनको संविधानको प्रारम्भिक मस्यौदामा भएका सहमतिका निक्र्यौलसम्बन्धी प्रतिवेदन २०७१’ माथि छलफल भएको छ । bicc 1 (1)

आजको छलफमा क्रमस प्रकाशशरण महत, गगन थापा, रामहरि खतिवडा, लीला मगर,टेकु नेपाली शक्तिबहादुर बस्नेत, उषा गुरुङ र श्रीमाया थकाली, किरण यादव, चुडामणि विक, युवराज ज्ञवाली, सिद्धिलाल श्रेष्ठ, सीता गिरी, अशोककुमार राई, वृजेशकुमार गुप्ता, शेषनाथ अधिकारी, सरिताकुमारी यादव, तारिणीदत्त चटौत, आरजु राणा देउवा, अनारकली मियाँ, रत्नदेवी गुरुङ, सिन्धु जलेसा बुढाथोकी, अमरबहादुर थापा, प्रभु शाह, भीष्मराज आङदेम्बे, अम्बिका खवास राजवंशी, प्रकाश शर्मा पौडेल लगायतका ४४ जना सभासद्ले जनसङ्ख्या र भूगोलका आधारमा स्रोत र साधनको बाँडफाँड हुनुपर्ने, प्रदेशको विभाजन वैज्ञानिक तवरबाट गरिनुपर्ने र राष्ट्रिय हितका विषयलाई आमजनताको चासोको विषय बनाउनुपर्ने त्यस्तै गरि प्राकृतिक स्रोत र साधनको उचित बाँडफाँड, सीमा विवाद, जल, जमिन र जङ्गलको राष्ट्रिय हितमा उपयोग हुनुपर्ने भन्दै विषयगत रुपमा बोल्नु भएको थियो । छलफमा भाग लिने सदस्यको सूची आज नसकिएकाले अर्काे बैठकमा पुनः छलफल हुने भएको छ । संविधानसभाको अर्काे ज्येष्ठ ६ गते मंगलवार बस्नेछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930