मङ्लबार, जेष्ठ २३, २०८०

संविधानमा समेट्नुपर्ने विषयको राय संकलनकाका लागि उपसमिति गठन

काठमाडौँ ज्येष्ठ ८, संवैधानिक राजनीतिक संवाद सहमति समितिले संविधानमा समेट्नुपर्ने विषयका बारेमा राय दिन सरोकारवालालाई सार्वजनिक आह्वान गर्दै त्यसको वर्गीकरण र सरोकारवालासँग वार्ताका लागि दुई वटा उपसमित गठन गरेको छ । आज बसेको समितिको बैठकमा समितिका caसभापति डा बाबुराम भट्टराईले नयाँ संविधानमा समेटिने विषयबारे राजनीतिक दल र सरोकारवालालाई आह्वान गर्ने र ती विषयको वर्गीकरण गर्न उपसमिति गठन गरिएको जानकारी दिनुभएको हो ।

यसरी गठन गरिएको उपसमितिमा गोकर्ण विष्ट, बालकृष्ण खाँड, रेखा शर्मा, महेन्द्र राय यादव र शिवलाल थापामगर लगायतका सभासदहरु सदस्य रहेका छन । त्यस्तै यो उपसमितिले विशेषत राजनीतिक दल एवम् सरोकारवालाहरूबाट प्राप्त संविधानका विषयलाई पहिचान गरी त्यसलाई वर्गीकरण गरी विषयगत रूपमा किटान गरेर प्रतिवेदन प्रस्तुत गर्नु रहेको छ भने संविधानसभा बाहिर रहेका दलहरूसँग वार्ता गरी आवश्यक मार्गदर्शन तय गर्न कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यसहित सुरेन्द्र पाण्डे, शक्ति बस्नेत, सर्वेन्द्रनाथ शुक्ल, अशोककुमार राई रहनुभएको प्रारम्भिक वार्ता उपसमिति गठन गरिएको छ । समितिले राजनीतिक दल एवम् अन्य समूहसँग गोप्य वार्ता गर्न सक्ने अख्तियारी दिएको छ ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930