मङ्लबार, जेष्ठ २३, २०८०

श्रमजीवी पत्रकार ऐन तत्काल कार्यान्वयन गर्न महासंङघको आग्रह

काठमाडौँ वैशाख २८, नेपाल पत्रकार महासङ्घको २४ औ महाधिवेशनबाट नवनिर्वाचित कार्य समितिको पदभार ग्रहण पछि आज बसेको पहिलो केन्द्रीय समितिको बैठकले विभिन्न सञ्चार प्रतिष्ठानहरूमा श्रमजीवी पत्रकारहरूले न्यूनतम् पारिश्रमिक लगायत सामाजिक सुरक्षा र स्वास्थ्य IMG_8431sjh_road_ photograhphy_sanchargram udghata rastrapati_2071उपचारसमेत नपाएको भन्दै तत्काल सो ऐन कार्यान्वयन गर्न सञ्चार प्रतिष्ठान र सरकारलाई आग्रह गरेको हो ।

बैठकले श्रमजीवी पत्रकार ऐन जारी भएको २० वर्ष भइसक्दा पनि श्रमजीवी पत्रकारहरूको पेशागत सुरक्षाको अवस्था कमजोर रहनु दुःखद् भएको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण सहित श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न सबै पक्षसँग वार्ता र सम्वादमार्फत निरन्तर पहल गर्ने र सरकारलाई सो ऐन कार्यान्वयन गराउन आग्रह गर्ने निर्णय गरेको हो । यस्तै, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, पूर्ण प्रेस स्वतन्त्रतासहितको नयाँ संविधान आगामी माघ ८ गतेभित्रै निर्माण गर्ने कार्यमा ध्यान केन्द्रित गर्न सम्पूर्ण राजनीतिक दलहरूलाई महासङ्घले विशेष आग्रह गरेको छ ।