शनिबार, जेष्ठ २७, २०८०

विषादी प्रयोग न्यूनिकरण गर्न महिला स्वयंसेविका

वैकुण्ठ भण्डारी /काठमाडौँ ज्येष्ठ ५, मुलुकमा खाद्य संकट बढ्दै गएका कारण आम नेपालीहरुले गुणस्तरीय खाद्य सामग्रीको अभाव खेप्नु परेको काठमाडौ महानगरपालिकाका कार्यकारी अधिकृत धनबहादुर श्रेष्ठले बताउनु भयो । काठमाडौं महानगरपालिका जनस्वास्थ्य तथा सामाजिक विकास विभागद्धारा महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि सञ्चालित तीन दिने खाद्य सुृरक्षा सम्वन्धि अभिमुखिकरणको आइतवार आयोजित समापन समारोहमा कार्यकारी resize_imageअधिकृत श्रेष्ठले सो कुरा बताउनु भएको हो ।

खाद्य सुरक्षाका लागि सरकारले तल्लोतहदेखि नै काम गर्नु पर्ने भएको भएपनि गाउँमा सरकारको उपस्थिति नै नभएको भन्दै श्रेष्ठले सरकारको अनुभूति गर्नका लागि जनता सदरमुकाम मै धाउनु पर्ने वाध्यता रहेको बताउनु भयो । आम नागरिकहरुको स्वास्थ्यका लागि र रसायनिक बिषादी प्रयोग गरिएका खाद्य उत्पादन कारण दिनप्रतिदिन रोग बढ्दै गईरहेको बताउँदै बिषादी प्रयोग रोक्न नसकिए यसले ठूलो संकट निम्त्याउने बताउनु भयो । विषादी प्रयोग न्यूनिकरण गर्नका लागि गाउँ गाउँम रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरु उपयोग गर्न सक्नु पर्ने बताउनु भयो ।

कार्यकारी अधिकृत श्रेष्ठले अन्र्तराष्ट्रिय जगत्मा सामुदायिक बन पछाडि महिला स्वास्थ्य स्वयंसेविकाको चर्चा हुने बताउँदै भविष्यमा स्वयंसेविका खोज्दै राज्य गाउँमा आउनु पर्ने अवस्थाको श्रृजना हुने समेत बताउनु भयो । नाईटिङ्गेलको उदाहरण लिँदै कार्यकारी प्रमुख धनबहादुर श्रेष्ठ स्वयंसेविकालाई सक्षम बनाउनेृ सकेमात्र आम नागरिकहरुले स्वास्थ्य सेवा पाउने बताउनु भयो । नागरिकले पाउने सेवा सुविधा मध्ये सवैभन्दा बढी आवश्यकता र महत्वपूर्ण कुरा नै स्वास्थ्य रहेकाले नागरिकहरुलाई खाद्य सुरक्षा र गुणस्तरका बारेमा जनचेतना अभिबृद्धि गर्नु पर्ने कुरामा समेत उहाँले आफ्नो धारणा राख्नु भयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930