मङ्लबार, अशोज १६, २०८०

विमानस्थल भन्सार कार्यालयमा अख्तियारको छापा

काठमाडौँ वैशाख २६, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा आज छापा मारेको छ । विभिन्न मुलुकबाट आयात भएका सामग्रीको आयातकर्ताले न्यून बिजीकरण गरी राज्य कोषमा दाखिला हुनुपर्ने कर छलेको विशेष सूचनाको आधारमा akhtiyar-ayoogआयोगले त्यहाँ छापा मारेको हो ।

आन्तरिक राजस्व अनुसन्धान विभागका पदाधिकारीसहितको आयोगको टोलीले आज रु ११ लाख ५८ हजार २४० बिजक मूल्यका जाँचपास भएका एकलाख ५० हजार थान जापानी ‘वाच मुभमेन्ट’ र रु १३ लाख ८९ हजार आठसय ८८ बिजक मूल्य भएका मोबाइलमा प्रयोग हुने चार ‘गिगा बाइट’ क्षमताका ३६ हजार थान मोबाइल सेक्योर डिजिटल चिप्स बरामद गरेको आयोगले जनाएको छ ।
आयोगका अनुसार बरामद गरिएका ती सामग्री राजस्व अनुसन्धान विभाग पठाइएको छ । आयोगले ती सामग्री कसले आयात गरेको र उनीहरूमाथि कस्तो कारबाही हुन्छ भन्नेबारेमा भने केही उल्लेख गरेको छैन ।

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930