मङ्लबार, अशोज १६, २०८०

विपी शतवार्षिकीका अवसरमा सिक्का प्रकाशन गर्ने

काठमाडौँ ज्येष्ठ ८, जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको शतवार्षिकीको अवसरमा विपी चिन्तन प्रतिष्ठानले पाँच हजार चाँदीका bpसिक्का तयार गरेको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु-याएको भन्दै प्रतिष्ठानले उहाँको योगदानको कदरस्वरुप शत वार्षिर्कीको अवसर पारी सिक्का प्रकाशन गर्ने भएको छ ।  प्रतिष्ठानका महासचिव देवेन्द्रप्रकाश पौडेलका अनुसार प्रतिष्ठानले देशभर वितरण गर्ने गरी एक लाख सिक्का तयार गर्ने योजना राखेको छ ।

प्रतिसिक्का लगभग रु एक हजार २०० लागत परेको उक्त सिक्कालाई रु एक हजार ५०० मा बिक्री वितरण गरी त्यसबाट वचत रकमलाई प्रतिष्ठानको भवन निर्माण तथा पुस्तकालय स्थापना गर्न खर्च गरिने लक्ष्य राखिएको छ । प्रतिष्ठानकै सक्रियतामा विपी कोइरालाको जीवनीमा आधारित चलचित्र निर्माणको कार्य पनि अघि बढिरहेको पौडेलले जानकारी गराउनुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930