आइतवार, जेष्ठ १४, २०८०

वरिष्ठ उपाध्यक्ष बनाउँदै एमाओवादीले नेता भट्टराई पक्षको मुद्धालाइ गर्यो सम्वोधन

एमाओवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दै

काठमाडौँ ज्येष्ठ ६, एमाओवादीको सोमवार बसेको बैठकले नेता भट्टराई पक्षले उठाउँदै आएको साङ्गठिनक विषयलाई टुङ्गो लगाउदै विराटनगर maoist-office_20140224091425सम्मेलनपछि आफ्ना कुराहरू नसमेटिएको भन्दै असन्तुष्ट रहदै आएका नेता डा बाबुराम भट्टराइलाई वरिष्ठ उपाध्यक्ष बनाउने भएको छ । बैठकको पछिल्लो निर्णयअनुसार नेता भट्टराईलाई यसअघि नै सम्हाल्दै आउनुभएको वरिष्ठ उपाध्यक्ष, नेता टोपबहादुर रायमाझीलाई संसदीय दलको उपनेता बनाइनेछ । यस्तै पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय समितिमा समेत सम्मानजनक स्थान दिन एमाओवादीको   संस्थापन पक्ष राजी भएको हो ।

एमाओवादी पछिल्लो प्रस्तावअनुसार अब पदाधिकारीमा अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ उपाध्यक्षमा नेता भट्टराई, उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, महासचिव पोष्टबहादुर बोगटी र सचिवमा कृष्णबहादुर महरा रहनुहुनेछ ।  अब एमाओवादीको  पदाधिकारीमा अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ उपाध्यक्षमा नेता भट्टराई, उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, महासचिव पोष्टबहादुर बोगटी र सचिवमा कृष्णबहादुर महरा रहनुहुनेछ ।

 यसैवीच पार्टी भित्रको विवाद मिलाएर कार्ययोजना र कार्यविभाजनका विषयमा छलफल एवम् सोमवार भएको सहमतिको भावना अनुरुपका थप एजेन्दामा   छलफल गर्न आज बस्ने एनेकपा माआवादीको केन्द्रीय समिति बैठकले  थप नयाँ नितिगत निर्णय गर्ने सम्वद्ध स्रोतले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930