काठमाडौँ ज्येष्ठ ११, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुमानित लागत मूल्य कायम गरी आवश्यकताभन्दा बढी सङ्ख्यामा गुणस्तरहीनऔषधि खरिद गरि सरकारी सम्पत्तिको दुरुपयोग तथा हानी नोक्सानी गरेको आरोपमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. लखनलाल साह र आपूर्ति व्यवस्था महाशाखाका प्रमुख डा. तारानाथ पोखरेल र विभागका तत्कालीन महानिर्देशक डा। मिङ्मार गेल्जेन शेर्पा सहित १२ जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिम हदैसम्मको सजाय माग गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।
त्यस्तै आयोगले आज विशेष अदालत काठमाडौँमा दायर गरेको मुद्दामा आपूर्ति व्यवस्था महाशाखाका तत्कालीन प्रमुख डा। नरेश प्रताप केसी, तत्कालीन वरिष्ठ निर्देशक कृष्णबहादुर चन्द, तत्काल खरिद इकाइमा कार्यरत पवन कोइराला, तत्कालीन आपूर्ति व्यवस्था महाशाखामा कार्यरत जनस्वास्थ्य अधिकृत रामसुन्दर यादव, जनस्वास्थ्य निरीक्षक हेमलाल ज्ञवाली लगायतका १२ भ्रष्टाचारीहरुबाट कूल ७ करोड २७ लाख १३ हजार नौसय ८ रुपैयाँ बिगो कायम गरी हदैसम्मको सजाय माग गरी मुद्दा दायर गरेको छ ।
त्यस्तै गुणस्तरहिन औषधि आपूर्तिकर्ताहरु एट्लस मेडिकल कन्सर्नका आपूतिकर्ता सञ्जय गुप्ता तथा फर्म धनी विद्या सुवेदी लगायतका आपूर्ति कम्पनीका कर्मचारी निर्जला साह तथा ल्याबोरटरी फर्मास्युटीकल कम्पनीका निर्देशक आदित्य भाटियाविरुद्धपनि मुद्दा दायर भएको र निजहरुबाट अख्तियारले जनाएको छ ।