मङ्लबार, जेष्ठ २३, २०८०

राष्ट्रव्यापी सरसफाइ अभियान चलाउन सरकारको सार्वजनिक अपिल

सफा गाउँ सफा सहर, सबै नेपालीको एउटै रहर’ भन्ने मूल नाराका साथ सरसफाइ अभियानका लागि सरकारको अपिल

काठमाडौँ ज्येष्ठ ९, सफा गाउँ सफा सहर, सबै नेपालीको एउटै रहर’ भन्ने मूल नाराका साथ सरकारले राष्ट्रव्यापी सरसफाइ अभियानका लागि Chief-Secretary-Lila-Mani-Poudel-सार्वजनिक अपिल गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यसचिव लीलामणि पौड्यालले स्वस्थ व्यक्ति मुलुकको सम्पत्ति भन्ने कुरालाई आत्मसात् गर्दै स्वच्छ र सफा नेपाल निर्माण गर्ने महाअभियानलाई अगाडि बढाउन सो अपिल गर्नुभएको होे ।

काठमाडौँ उपत्यकामा ज्येष्ठ २१ गते सिठीनखःका दिन र उपत्यका बाहिर जेठ २२ गते विश्व वातावरण दिवसका दिन ‘एक घर एक व्यक्ति स्वयम्सेवक रुपमा’ आ–आफ्नो टोलबाट राष्ट्रव्यापी रुपमा सरसफाइ अभियानमा सहभागी हुन मुख्य सचिव पौड्यालले आग्रह गर्नुभयो । अभियानबारे जानकारी गराउँदै उहाँले काठमाडौँ उपत्यकाभित्रको सरसफाइ अभियानको नेतृत्व तथा समन्वय सहरी विकास मन्त्रालयका सचिवले गर्ने र उपत्यका बाहिरको सरसफाइ अभियानको नेतृत्व जिल्ला, नगर र गाउँमा खानेपानी, सरसफाइ तथा स्वच्छता हेर्ने समन्वय समितिका संयोजक, स्थानीय विकास अधिकारी, कार्यकारी अधिकृत र गाविसका सचिवले गर्ने बताउनुभएको छ। ।

अभियानमार्फत एकपटक मठमन्दिर, विद्यालय, पार्क, चौर, कार्यालय, बाटोघाटो, नदीनाला सफा गरेपछि स्थानीयस्तरमा स्वयम्सेवक समिति बनाई त्यसमार्फत नियमित सफा गर्ने गरी स्थानीय समुदायहरु परिचालन गरिने जानकारी दिइएको छ । उक्त सरसफाइ अभियानमा निजामती कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, स्थानीय उद्योग वाणिज्य सङ्घ, गैरसरकारी संस्था, स्थानीय क्लबलगायतलाई सहभागिताका लागि सरकारले अनुरोध गरेको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930