काठमाडौँ वैशाख २९, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले एउटै नामका दुई–दुईवटा पार्टी अस्तित्वमा रहदा जनतामा भ्रम परेको भन्दै आगामी महाधिवेशनबाट पार्टीको नाम परिवर्तन गर्ने बताउँनु भएको छ । त्यस्तै अध्यक्ष थापाले महाधिवेशनमा संवैधानिक राजतन्त्र, सनातन हिन्दू राष्ट्र लगायतका विषयमा समेत व्यापक बहस हुने बताउँदै संविधानसभामा आफूहरुको उपस्थिति संख्यात्मक रुपमा प्रभावशाली नभएकाले संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रको विषयमा सम्झौता गरेर भए पनि संविधान निर्माणमा लाग्ने बताउँनु भएको छ। साथै राप्रपा नेपाललाई अर्को निर्वाचनसम्म पार्टीलाई मुलुकको पहिलो शक्ति बनाउनका लागि नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्दै जाने र पार्टीभित्र प्रजातन्त्रिक अभ्यासलाई संस्थागत गर्ने पनि बताए ।