काठमाडौ ज्येष्ठ १२, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कार्यसमिति अध्यक्षमा वर्तमान अध्यक्ष कमल थापा र सहअध्यक्ष पदमसुन्दर लावतीको उम्मेदवारी मनोनयन दर्ता गर्नु भएको छ ।
त्यस्तै राप्रपा नेपालको संशोधित विधान अनुसार विद्यमान ४५ सदस्यीय केन्द्रीयकार्य समितिलाई विस्तार गरि दलित जनजाति, मधेसी, मुसलमान, पिछडिएका वर्ग, सीमान्तकृतल गायतलाई आरक्षणको व्यवस्था सहित एकसय २७ सदस्यीय बनाएको छ भने नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया मङ्गलबार बिहान ८ बजेदेखि सुरु हुने बताईएको छ ।