बिहिबार, अशोज ४, २०८०

युनियनको महाधिवेशन आयोजनार्थ मूल व्यवस्थापन समिति गठन

कठमाडौं ज्येष्ठ १४, नेपाल प्रेस युनियनको आठौं महाधिवेशन यही असार ४ र ५ गते पोखरामा आयोजना गर्न नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष गङ्गाधर पराजुलीको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ ।

press union व्यवस्थापन समितिको सहसंयोजकमा युनियनका पश्चिमाञ्चल संयोजक रमेश पौडेल र सदस्य–सचिवमा कास्की शाखाका अध्यक्ष शिरोमणि बराल रहनुभएको भने आर्थिक उपसमितिको संयोजकमा रवीन्द्र बास्तोला, अनुगमन उपसमितिको संयोजकमा हेमराज बराल, स्वयंसेवक व्यवस्थापन उपसमितिको संयोजकमा राजबहादुर गुरुङ, प्रचारप्रसार उपसमितिको संयोजकमा नवीन सिग्देल र आवास व्यवस्थापन उपसमितिको संयोजकमा टङ्क अधिकारी रहनुभएको छ । त्यस्तै भोजन व्यवस्थापन उपसमितिको संयोजकमा माधव रेग्मी, स्वास्थ्य उपचार समितिको संयोजकमा डिआर पोखरेल, सचिवालय व्यवस्थापन उपसमितिको संयोजकमा प्रकाशचन्द्र सापकोटा र यातायात व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी यदुनाथ बन्जरालाइ दिइएको प्राप्त समाचारमा जनाइएको छ ।