मङ्लबार, अशोज १६, २०८०

यस्तो छ कोइराला नेतृत्व संयुक्त सरकारको सय दिने कार्यविवरण (५५ बुँदे पूर्ण विवरण सहित)

काठमाडौं ज्येष्ठ ११, काँग्रेस सभापति सुशील कोईरालाको नेतृत्वमा मिति २०७० माघ २८ गते नेकपा एमाले सहितको सहभागितामा गठन भएका संयुक्त सरकारले पदबहाली गरेको एकसय दिन पूरा भएको अवसरमा सरकारले आफ्नो सयदिने कार्यप्रगतिको ५५ बुँदे विवरण सार्वजनिक गरेको छ । Pro_ktm_-Nepal-sarkar-ko-saja-program-ghosana-1संबिधानसभाले कार्यतालिका बन���एर यो बर्षको माघ ७ गतेसम्म संबिधान जारी भइसक्ने गरी काम थालेको भन्दै मन्त्री रिजालले अघिल्लो संबिधानसभामा भएको उपलब्धीहरुको स्वामित्व ग्रहण गदै सहमति हुन बाँकी रहेका बिषयहमा ध्यान केन्द्रीत हुने भएकाले एक बर्षभित्र संबिधान निर्माण हुनेमा वर्तमान सरकार विश्वस्त रहेको त्यस अवसरमा बताए ।

सिंहदरबारमा आयोजित एक कार्यक्रममा सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा। मीनेन्द्र रिजालले सार्वजनिक गरेका ५५ बुँदे सयदिने सरकारी कार्यप्रगतिका विवरणमा मुलुकमा नयाँ संविधान निर्माणको वातावरण बनेका, शान्ति प्रक्रियाका बाँकी रहेको काम पूरा गर्नतर्फ अघि बढेको त्यस्तै गरि सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन ल्याएको तथा देशमा सुशासन कायम गरी जनतालाई सेवा पु-याउने काम भएको उल्लेख गरिएको छ ।

त्यस्तै तीन महिनाको अवधीमा १९ हजार बढीलाई कारको दायरामा ल्याइएको, काठमाडौं उपत्यकामा ७५ किमी सडक कालोपत्रे गरिनुको अलावा मुलुकभर थप ७२ नयाँ नगरपालिका घोषणा र देशको आर्थिक पूर्वाधार र सामाजिक क्षेत्रको विकासका लागि वैदेशिक लगानी आकर्षण गर्न र लगानीको वातावरण सकारात्मक रहेको सन्देश अन्तर्राष्ट्रिय जगत्लाई दिन नेपाल व्यापारिक तथा आर्थिक सम्मेलन गरिएको तथा लगानीको वातावरण बनाउँदै प्रत्यक्ष वैदेशिक लगानीलाई सहज रुपमा आमन्त्रण गर्ने गरी सहजीकरण गर्ने काम भएको प्रगति विवरणमा उल्लेख गरिएको छ ।

त्यस्तै क्यासिनोबाट राजश्व असुली गर्ने र त्यसलाई व्यवस्थित बनाउन नियमावली अनुमोदन गर्नुका साथै युनेस्कोको प्रधान कार्यालयमा भगवान् गौतम बुद्वको मूर्ति स्थापना गर्ने निर्णयसमेत सरकारले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

संयुक्त सरकारको सयदिने कार्य प्रगति विवरणको ५५ बुँदे पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहोला

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930