शुक्रबार, चैत्र १७, २०७९

मैथिल ब्राम्हण समाजको १४ औैं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ वैशाख २६, नेपाल मैथिल ब्राम्हण समाजको १४ औैं वार्षिक साधारण सभा एक समाहरोवीच विहीवार राजधानीको गुहेश्वरी मन्दिरमा सम्पन्न भएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल नवमी अर्थात् जानकी नवमीका दिन श्री गुहेश्वरी माईको विशेष पूजा सहित उपत्यकाका रैथाने मैथिल maithil flexब्राम्हणहरुको वृहत उपस्थितीमा नेपाल मैथिल ब्राम्हण समाजले आफ्नो संस्कार अनुरुप विस १९९५ देखिनै निरन्तर सीता जयन्ती मनाउँदै आएको छ ।कार्यक्रममा समाजले यस पटक परराष्टविद् केशवराज झा,भक्तराम ओझालाई संरक्षक सदस्यता सम्मानबाट सम्मान गर्नुको अलावा वर्ष २०६९को  प्रवेशिका परीक्षामा सर्वाेत्कृष्ट नतिजा प्राप्त गर्ने आरती झा लाई स्व: भरतगोपाल झा स्मृति प्रवेशिका सम्मान प्रदान गरिएको थियो ।

त्यस्तै समाजका अध्यक्ष माधव झाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समाजका पूर्व अध्यक्ष गुरुदत्त मिश्र, सम्मानित व्यक्तित्व केशवराज झा लगायतका वक्ताहरुले समाजका गतिविधिमाथि प्रकास पार्नु भएको थियो । साथै समाजको वार्षिक साधारण सभा अन्र्तगत कार्यक्रमका दोश्रो खण्डको बन्द सत्रमा समाजका सचिव श्रीजन झाले प्रस्तुत गर्नु भएको विधान संशोधन प्रस्ताव पारित गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930