शनिबार, अशोज ६, २०८०

प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताको पक्षमा मतदान गर्न आह्वान

काठमाडौँ वैशाख १९, नेपाल पत्रकार महासङ्घको २४औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षका प्रत्यासीले प्रेस स्वतन्त्रताको संवैधानिक र व्यावहारिक सुनिश्चितता गर्ने प्रतिवद्धता गर्दै आ–आफ्नो समूहलाई जिताउन आह्वान गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाद्वारा शाखाको तर्फबाट आज केन्द्रीय प्रतिनिधीमा निर्वाचित १४२ जना (पार्षद्) सभासदहरुलाई प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा बोल्दै आसन्न २४ औ मआधिवेसनमा अध्यक्षका प्रत्यासी पोषण केसीले पेसागत सुरक्षा र अभिव्यक्ति स्वतन्त्रताको उपलब्धिलाई संस्थागत गर्दै साना लगानीका सञ्चार माध्यमलाई विज्ञापन प्राधिकरणमार्फत दिगो बनाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

त्यस्तै गरि अध्यक्षका प्रत्यासी डा महेन्द्र विष्टले सम्पादकीय स्वतन्त्रता, साना सञ्चार माध्यमको सुरक्षा र श्रमजीवि पत्रकारको अधिकार सुरक्षा गर्न आफू र आफ्नो समूहलाई जिताउन अनुरोध गर्नुभएको थियो

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930