काठमाडौं ज्येष्ठ १७, नेपाल प्रेस युनियन काठमाडौंको जिल्ला अधिवेशन आज सूचना तथा सञ्चारमन्त्री मिलेन्द्र रिजालको प्रमुख आतिथ्यतामा डिल्लीबजारस्थित नेपाल सांस्कृतिक संघको सभाकक्षमा हुँदैछ। । काठमाडौं युनियनको नेतृत्वका लागि वहालवाला उपाध्यक्ष सचिव र सहसचिव क्रमस जिवन भण्डारी संगम बाँनिया र नकुल अर्याल चुनावी मैदानमा उत्रेका छन । यो समाचार तयार पार्दा समेत काठमाडौंमा सहमतिको वातावरण बनाउँन विभिन्न तहरतप्कामा छलफल भइरहेको भएपनि त्यस्तो कुनै नितिगत सहमति भने भइनसकेको बुझिएको छ । यदि काठमाडौं अधिवेशनमा त्यस्तो कुनै सहमति भएन भने नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्प्रर्धाबाट खरो एवम् सशक्त नेतत्व चयनकालागि मतदाहरुलाइ खरो दवाव पर्ने प्राय निश्चित रहेको छ ।