शुक्रबार, माघ २०, २०७९

प्रधानमन्त्री कोइरालाद्वारा कूटनीतिज्ञहरुसँग परामर्श

 काठमाडौँ ज्येष्ठ १०, प्रधानमन्त्री सुशील कोइरालाले परराष्ट्र मामिलासम्बन्धी विज्ञ र कूटनीतिक क्षेत्रमा लामो अनुभव सङ्गाल्नुभएका susil koiव्यक्तित्वहरुसँग आज छलफल गर्नुभएको छ । प्रधानमन्त्री कोइरालाले आफ्नो सरकारी निवास बालुवाटारमा उहाँहरुलाई बोलाएर आसन्न भारत भ्रमणका विषयमा केन्द्रित रहेर छलफल गरी राय सुझाव लिनुभएको हो ।

छलफलमा भारतका लागि पूर्व नेपाली राजदूत प्रा लोकराज बराल, पूर्व राजदूत डा भेषबहादुर थापा, दुर्गेशमान सिंह, शम्भुराम सिम्खडा, पोषराज पाण्डे, डा केदारभक्त माथेमा, गेजा शर्मालगायतको सहभागिता थियो । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व राजदूत बरालले प्रधानमन्त्रीको सद्भावना भ्रमण भएकाले दुई देशबीचको पारस्परिक हित र नेपालको विकासमा केन्द्रित रहेर कुरा गर्न सुझाव दिइएको बताउनुभयो ।

यसैबीच नेपाली काँग्रेसका पदाधिकारीहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बस्यो । बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण, संविधानसभामा मनोनय हुने २६ प्रतिनिधि तथा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल भएको काँग्रेसले जनाएको छ ।