नव-निर्वाचित पत्रकार महासंघका पदाधिकारीहरुलाई बधाइ दिदै एमाओवादी अध्यक्ष प्रचन्द्रले भने संविधान
लेखनलाई पूर्णता दिन प्रतिवद्ध छु
काठमाडौं बैशाख २७, एमाओवादीले मुख्यालले नेपाल पत्रकार महासंघको २४ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहित कार्यसमितिलाई एक कार्यक्रमका वीच बधाई ज्ञापन गरेको छ । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा एक कार्यक्रमबीच अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महासंघको निर्वाचित कमिटीलाई बधाई ज्ञापन गर्दै संविधान लेखनको प्रकृयाबाट नभाग्ने बताउँदै आगामी दिनमा पार्टी संविधान लेखनलाई केन्द्र बनाएर संविधान लेखनलाई पूर्णता दिन आफुहरु प्रतिवद्ध भएर लाग्ने र १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानको मूल मर्मलाइ कदापि नछोड्ने बताएका छन ।
वैशाख २० र २१ गते राजधानीमा भएको महाधिवेशनबाट डा महेन्द्र विष्ट नेतृत्वको संयुक्त वामपन्थी प्यानल निर्वाचित भएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष महेन्द्र विष्ट, उपाध्यक्षद्धय खिलबहादुर भण्डारी र अनिता विन्दुले पनि बाल्नु भएको थियो ।