बिहिबार, मंसिर १४, २०८०
Dashain

पार्टी एकताका लागि नेतृत्व छोड्न तयार छु : अध्यक्ष दाहाल

काठमाडौं ज्येष्ठ १,  एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता हुने अवस्था आए आफू नेतृत्व छोड्न तयार रहेको बताउनुभएको छ । विद्यार्थी एकता दिवसको अवसरमा अखिल (क्रान्तिकारी) ले आज यहाँ आयोजना गरेको ‘एउटै कम्युनिष्ट निर्माण, संभावना र चुनौती’ विषयक prachanda2अन्तरक्रियामा उहाँले भन्नुभयो – ‘यो सुरुवात सकारात्मक हो । यसको रणनीतिक महत्व छ । मलाई जसले २०४२ सालमा नेतृत्वमा ल्याएको थियो, त्यसलाई अहिले म नेतृत्व मानेर सामान्य कार्यकर्ताको रुपमा काम गर्न तयार छु ।’

अध्यक्ष दाहालले संविधानको अन्तरवस्तुमा सहमति हुने राजनीतिक पार्टीहरूबीच पहिला ध्रुवीकरण हुन जरुरी भएको उल्लेख गर्दै आफूहरूसँग अझै अन्तिम अवसर बाँकी रहेकाले पुनः एकतावद्ध भएर अघि बढ्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो – ‘वर्गीय दृष्टिकोण र राष्ट्रिय चिन्तनमा गम्भीर त्रुटि भएकै हो । यसको जिम्मेवारी मैले लिएको छु । हामी सँगै लड्यौँ, केही कमजोरीले पार्टी विभाजित भयो, त्यो प्रक्रियाको प्रमुख जिम्मेवारी मेरै हो ।’

उहाँले अगाडि भन्नुभयो – ‘अहिलेसम्मका सबैखाले आन्दोलनका उपलब्धि गुम्ने खतरा बढेको छ, प्रतिक्रान्ति सुरु हुन लागेको छ, बेलैमा नसच्चिए कम्युनिष्ट आन्दोलन नै सखाप हुने अवस्थामा छ ।’ नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले तत्काल पार्टी एकता संभव नभए कार्यगत एकता गरेर छरिएर रहेका माओवादी पार्टीहरू अघि बढ्नुपर्ने टड्कारो आवश्यकता भएको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो – ‘एकता महान् प्रक्रिया हो, यसमा माओवादीमा दुईमत हुनुहँुदैन । तत्कालका लागि संविधानका अन्तरवस्तु र जनयुद्धकालीन मुद्दाहरूमा साझा धारणा बनाएर कार्यगत एकताको आधार तयार गर्न सकिन्छ । सिद्धान्त र रणनीतिमा कुरा मिल्ने पार्टीसँग एकतावद्ध हुनुको विकल्प छैन ।’

नेकपा (माओवादी) का संयोजक मात्रिका यादवले कम्युनिष्टहरूको व्यवहार नसच्चिएसम्म एकता प्रक्रिया असंभव रहेको बताउनुभयो र भन्नुभयो – ‘एउटै कम्युनिष्ट केन्द्र बनाउन सकिन्छ, म एकता विरोधी हैन क्रान्तिकारीहरूबीच एकता हुनैपर्छ तर क्रान्तिकारितालाई व्यवहारमा उतार्नुपर्यो ।’

क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले अहिले कमजोर बनेको क्रान्तिकारी आन्दोलनलाई सार्थक तुल्याउन क्रान्तिकारी कम्युनिष्टहरूको एकता जरुरी भएको बताउनुभयो । अखिल (क्रान्तिकारी) का अध्यक्ष शरद रसाइलीले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन प्रगतिशील शक्तिहरूबीच एकता अपरिहार्य भएको बताउनुभयो । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले अहिलेको अवस्थामा एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्न जरुरी भएपनि त्यसअघि पहिला एउटै माओवादी पार्टी बनाए मात्र यो प्रक्रियाले सार्थकता पाउने छ भन्नुभयो । Rss

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930