काठमाडौँ वैशाख २९, नेपाल प्रहरीको आयोजनामा एसियाकै पहिलो एसिया प्यासिफिक च्याप्टर सदस्यहरूको १७ औँ सम्मेलन यही जेठ ४ देखि ८ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालमा आज आयोजित पत्रकारसम्मेलनमा दिइएको जानकारी अनुसार सम्मेलनमा खासगरी अन्तरदेशीय अपराधका साथै, सम्मेलनमा गत मङ्सिर ४ गते भएको संविधानसभाको निर्वाचनका विषयमा समीक्षा गरिनुको साथै महत्वपूर्ण मानववेचविखन, पर्यटन विविधता, वातावरणीय समस्या, विद्युतीय अपराधलगायतका विषयमा छलफल बताइएको छ। त्यस्तै सम्मेलनमा अमेरिका, स्वीडेन, डेनमार्क, स्वीटजरल्याण्ड, पोल्याण्डलगायत देशका करिब १५० प्रतिनिधिको सहित एसिया प्यासिफिक च्याप्टरका ४५सदस्यको सहभागिता रहने जानकारी पत्रकार सम्मेलनमा गराइएको छ।