शनिबार, जेष्ठ २७, २०८०

निरौलालाई जेठको दोस्रो सातासम्म काम गर्न कुनै अवरोध नगर्न सर्वोच्चको आदेश

काठमाडौँ वैशाख ३०, सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका कामु कार्यकारी निर्देशक सुवास निरौलालाई तत्काल काम गर्न कुनै पनि अवरोध नगर्न विपक्षीका नाममा अन्तरकालीन आदेश दिएको छ । प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र न्यायाधीश गिरिशचन्द्र लालको इजलासले आगामी adalat_(2)25जेठको दोस्रो सातासम्म निरौलालाई काममा कुनै पनि अवरोध नगर्न आदेश दिएको हो ।

बोर्डमा अनियमितता भएको र मनपरीतन्त्र मौलाएको भन्दै कामु कार्यकारी निर्देशक निरौलालाई तत्काल पदबाट वर्खास्त गर्न रघु विष्टलगायतले यही वैशाख २५ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । बोर्डमा अनियमितता भएको भन्दै पर्यटन व्यवसायीहरूले केही दिनदेखि आन्दोलन गर्दै आएका छन् । पर्यटन व्यवसायीहरूले बोर्डको कार्यालयमा तालाबन्दी गर्दै कार्यालय प्रवेश गर्न नदिएपछि निरौलाले पदमा कायम रही काम गर्न पाउँ भनी यही वैशाख २४ गते रिट दायर गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930