आइतवार, जेष्ठ २१, २०८०

निगमका निमित्त कार्यकारी निर्देशक सत्यालसहित २० जना विरुद्ध मुद्दा दायर  

काठमाडौँ ज्येष्ठ १७, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमित तवरले बोनस वितरण गरेको आरोपमा बुधवार हिरासतमा लिएका नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सागर सत्यालसहित २० जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर दायर गरेको अख्तियारले जनाएको छ।

akhtiyar-ayoogनिगम घाटामा गई ठूलो रकम सञ्चिती नोक्सानी र ऋण तिर्न बाँकी हुँदा पनि रु १ करोड ७२ लाख ५८ हजार चारसय ५ रुपैयाँ अनियमित तवरले बोनस वितरण गरेको आरोपमा मुद्दा दायर गरिएका व्यक्तिहरु क्रमस निगमका निमित्त कार्यकारी निर्देशक सत्यालसहित, निर्देशक नागेन्द्र साह, प्रबन्धकहरू कमलप्रसाद शर्मा, बाबुराम राई र नेत्रप्रसाद काफ्ले, उपनिर्देशक शरदप्रसाद पौडेल, शुसिल भट्टराई, उपप्रबन्धक नवविनोद पोखरेल, सहायक प्रबन्धक प्रदिपमान वसी र बरिष्ठ सहायक देवीप्रसाद न्यौपाने र तत्कालीन निमित्त कार्यकारी निर्देशकहरू सुरेशकुमार अग्रवाल र शिव प्रसाद पुडासैनी¸ नायव कार्यकारी निर्देशक जयराज आचार्य¸ निमित्त नायव कार्यकारी निर्देशक मुकुन्द प्रसाद ढुङ्गेल¸ निर्देशकहरू भुवनेश्वर राजभण्डारी¸ रमेशचन्द्र कोइराला र मोहनकुमार कार्की¸ प्रबन्धकहरू कुमार विक्रम कार्की र सुभाष चन्द्र दाहाल¸ कर्मचारी शिव प्रसाद अधिकारी रहेका छन ।