मङ्लबार, अशोज १६, २०८०

दुर्घटनामा छ जनाको मृत्यु र चौबीस घाइते

काठमाडौँ वैशाख २२ ,काठमाडौँबाट सिन्धुलीतर्फ गइरहेको बा२ख ६६०६ नं को पशुपति दर्शन नामक रात्रिसेवाको यात्रुबस आज बिहान दुर्घटना हुँदा ६ जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएका छन् । बस कमलामाई नगरपालिका–१० करकरेमा दुर्घटनामा परेको बुझिएको थाह भएको छ ।

घाइतेमध्ये १८ जनाको सिन्धुली जिल्ला अस्पताल र तीनजनाको बर्दिवास अस्पताल र तीनजनाको लालगढ अस्पतालमा उपचार भइरहेको प्रहरीलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा यात्रुहरुलाई अस्पताल पु¥याएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनाको विस्तृत खबर आउन बाँकी नै रहेको छ  ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930