मङ्लबार, जेष्ठ २३, २०८०

तत्काललै सरकारको आलोचना गर्नुको अर्थ छैन: उपप्रधानमन्त्री गौतम

विराटनगर ज्येष्ठ १०, उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्रिपरिषद् गठन bamdave1भएको तीन महिना पनि नपुगेको अवस्थामा सरकारको विरोध गर्नुको कुनै अर्थ नभएको भन्दै सरकारले संविधान निर्माणका लागि विविध उपलब्धिमूलक काम गरेकाले सरकारको आलोचना गर्नुको अर्थ नभएको बताउँनु भएको छ ।

त्यस्तै उहाँले सरकारको प्रमुख उद्देश्य भनेको एक वर्षभित्र लोकतान्त्रिक संविधान निर्माण गर्नु हो भन्दै उहाँले यसका लागि सरकार दलको सहमति एवम् सहकार्यमा अगाडि बढिरहेको जनाउँ दिनुको अलावा नेपाल प्रहरीको नियमावलीले पूर्णता पाएकाले अब चाँडै नै सात जना प्रहरी अतिरिक्त महानिरीक्षकको बढुवा प्रक्रियाको थालनी गरिने बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।