शुक्रबार, फाल्गुन १८, २०८०

घुस लिँदै गर्दाको अवस्थामा काठमाडौं जिविस प्राविधिक कार्यालयका इञ्जिनियर र सुब्बा रङ्गेहात पक्राउ

काठमाडौं ज्येष्ठ १, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला विकास समिति, काठमाडौं अन्तर्गतको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर शालिकराम देवकोटा र नायब सुब्बा रुकु खत्रीलाई घुस लिँदै गर्दा पक्राउ गरेको छ । आयोगको विशेष टोलीले विशेष सूचनको akhtiyar-ayoogbriberyआधारमा उनीहरूलाई नगद रु एक लाख घुस लिइरहेको अवस्थामा आज रङगेहात पक्राउ गरेको हो ।

ब्रदर्श निर्माण सेवालाई ‘‘घ’’ श्रेणीको निर्माण अनुमतिपत्र प्रदान गरेबापत इन्जिनियर देवकोटालगायतले घुस मागेको भन्ने विशेष सूचनाको आधारमा अख्तियारको टोलीले उनको कार्यकक्षमा छापा मारी घुस बापत लेनदेन भएको नगद बरामद गरेको आयोगले जनाएको छ।साथै उक्त कम्पनी दर्ता प्रक्रियामा घुस लिएको अभियोगमा घरेलु तथा साना उद्योग त्रिपुरेश्वरका कार्यकारी प्रमुखको हैसियतमा कार्यरत शाखा अधिकृत वासुदेव सिंखडा र नायब सुब्बा सरस्वती श्रेष्ठलाई समेत आयोगको टोलीले आजै पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई आयोगले हिरासतमा राखेको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930