आइतवार, जेष्ठ १४, २०८०

एमाओवादी सम्मेलनले विद्यमान विवाद सम्बोधनको साटो पार्टीलाइ फुटको संघारमा लगेको विश्लेषहरुको अनुमान

एमाओवादीको अध्यक्षमा फेरि प्रचण्ड 

प्रचण्डले एकतर्फीरुपमा केन्द्रीय समितिको खाका पारेकोमा भट्टराईस हितका नेताहरु असन्तुष्ट

विराटनगर वैशाख २४, नयाँ केन्द्रीय समिति गठनका प्रसंगमा संस्थापन र नेता बाबुराम भट्टराई पक्षबीच विद्यमान विवादलाइ थाँती राख्दै एमाओवादीको राष्ट्रिय सम्मेलन सकिएको छ । त्यस्तै सम्मेलदने विवाद र विमतिकावीच १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ get_imgभने ९९ जनालाई सदस्य केन्द्रीय समितिमा चयन गरेको छ । सोही समितिको मंगलवार बसेको पहिलो बैठकले प्रचण्डलाई अध्यक्षमा चयन गरेको छ । केन्द्रीय समितिमा बाँकी सदस्य पछि मनोनयन हुने बताइएको छ ।

सम्मेलनले प्रचण्डलाई अध्यक्ष बनाउने निर्णय गरिरहँदा असन्तुष्ट नेता बाबुराम भट्टराईको समूहले भने पार्टीका कुनै पनि पदमा नबस्ने घोषणा गर्दैै विराटनगर छोडेका थिए । प्रचण्डले एकतर्फीरुपमा तयार पारेको केन्द्रीय सदस्यमा परेका भट्टराईसहित टोपवहादुर रायमाझी, देवेन्द्र पौडेल, बामदेव क्षेत्री, राम कार्की, हिसिला यमी, प्रभु साह, खगराज भट्ट, कुमार पौडेललगायतका १७ जनाले पनि पदमा नबस्ने घोषणा गरेका छन् । सम्मेलनस्थल छाड्नुअघि वन्दसत्रमा बोल्दै नेता भट्टराईले आफू केन्द्रीय समितिमा नरहे पनि पार्टी र आन्दोलनमा लाग्ने बताएका छन् ।
उनीसहितका नेताहरुले केन्द्रीय समितिमा नबस्ने घोषणा गरेपछि उनीहरुको नाम हटाएर प्रचण्ड र नेता नारायणकाजी पक्षधरका नेताहरुलाई मिलाएर केन्द्रीय समिति घोषणा गरिएको हो । संविधानसभाको चुनावमा तेस्रो स्थानमा खुम्चिएपछि बढेको विवाद मिलाउन बोलाइएको सम्मेलनबाट एमाओवादीभित्रको विवाद मिल्नुको साटो पार्टीलाइ फुटको संघारमा लगेको विश्लेषहरुले अनुमान गर्न थालिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930