बिहिबार, मंसिर १४, २०८०
Dashain

एघार जनालाई प्रेस स्वतन्त्रता सेनानी सम्मान,राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार राणालाई

वरिष्ठ पत्रकार सम्मान विरही, श्रेष्ठ र ज्ञवालीलाई

काठमाडौं बैशाख २०।नेपाल पत्रकार प्रधानमन्त्री सुशील कोइरालाले आज राजधानीमा ओजित विशेष् कार्यक्रमका वीच महासंघको २४ औं महाधिवेशन उदघाटन गर्दै चार दशकदेखि पत्रकारिता गरिरहेका सीताराम बर्मा, माधव आचार्य, गोविन्दसिंह थापा, सुशील गौतम, कुशुमकेशव पराजुली, बलराम शर्मा, कृष्णा ताम्राकार, रिता गुरुङ, गया यादव, रामनारायण देव र रविन्द्र उप्रेतीलाई स्वतन्त्रता सेनानी सम्मानबाट सम्मानीत गर्नु

fnj photo 1भएको थियो । प्रधानमन्त्री कोइराला, एमाले अध्यक्ष खनाल र सूचना तथा सञ्चारमन्त्री मिलेन्द्र रिजालले सउेक्तरुपमा दोसल्ला र ताम्रपत्रसहित उहाँहरुलाई सम्मान गर्नु भएको हो ।

त्यस्तै महासंघले यसवर्ष देखि १२ जनालाई वरिष्ठ पत्रकार सम्मानवृत्ति प्रदान गर्ने घोषणासमेत गरेको छ । बरिष्ठ पत्रकारहरु रामबहादुर चन्द, शक्ति लम्साल, मदनमणि दीक्षित, नहकुल काजी, तिलकमान गुभाजु, धर्मरत्न शाक्य, माधव शर्मा, श्यामप्रसाद शर्मा, शुकेश्वर पाठक, हरि लम्साल, भूषण न्यौपाने र मदनलाल श्रेष्ठलाई सम्मानवृत्ति प्रदान गरिएको हो । उनीहरुले मासिक पाँच सय रुपैयाँका दरले भत्ता पाउनेछन् ।

 त्यस्तै कार्यक्रममा १ लाख ११ हजार १११ राशिको नेजा-बद्रीकुल ग्रामीण पत्रकारिता पुरस्कारु पत्रकार कलेन्द्र सेजुवाल र १० हजार १ सय १ रुपैयाँ राशिको स्व। उमासिंह पत्रकारिता पुरस्कार मकवानपुरकी पत्रकार सरिता दाहाललाई प्रदान गरिएको थियो । यसैवीच नेपाल सरकारले रु दुई लाख राशिको   राष्ट्रिय पत्रकारिता पुरस्कार २०७० कविर राणा (देशान्तर साप्ताहिक),  लाई प्रदान गर्ने  निर्णय गरेको छ भने वरिष्ठ पत्रकारत्रय हरिहर विरही(सिन्धुली), शम्भु श्रेष्ठ(पाल्पा) र अर्जुन ज्ञवाली(रुपन्देही)लाई जनही रु दुई लाख राशिको २०७० सालको ‘वरिष्ठ पत्रकार सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930