बुधबार, मंसिर २०, २०८०
Dashain

उप-निर्वाचनका लागि एमाओवादीले पनि उम्मेदवार तोक्यो

पोलिटब्युरो सदस्य चयनका लागि आज हुने भनिएको निर्वाचन आईतबार सम्मका लागी स्थगित

काठमाडौं ज्येष्ठ १०, एमाओवादीले आगामी अषाढ ८ गते हुने संविधानसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेद्धवारको नाम टुङ्गो लगाएको छ ।
maoist-office_20140224091425आज बसेको केन्द्रीय समितिको बैठकले काठमाडौ क्षेत्र नम्बर २ बाट लिलामणी पोखरेल र चितवन क्षेत्र नं ४ बाट खुशीराम पाख्रिनलाई उमेदवार वनाउने निर्णय गरेको छ । त्यसैगरी बर्दिया क्षेत्र नं। १ बाट भुवन चौधरी र कैलाली ६ बाट रामसमज रानालाई उम्मेद्धवार बनाउने निर्णय गरेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनु भयो ।

यसैवीच एमाओवादीको पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो सदस्य चयनका लागि आज हुने भनिएको निर्वाचन आईतबारसम्मकालागी स्थगित भएको छ ।पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले निर्वाचन आईतबार साढे १२ बजे केन्द्रीय कार्यालयमा गर्ने निर्णय गरेको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930