बिहिबार, अशोज ४, २०८०

आज बाट वातावरण सप्ताह मनाइदै

काठमाडौँ ज्येष्ठ १७, विश्व वातावरण दिवसका अवसरमा अधिकार सम्पन्न बाग्मती सभ्यता विकास समिति, फोहरमैला व्यवस्थापन प्राविधिक imagesसहयोग केन्द्र, एकीकृत सहरी विकास केन्द्रसहित ११ वटा सङ्घ/संस्थाले संयुक्त रुपमा ‘हिमाल बचाऔँ, वातावरण जोगाऔँ भन्ने मूल नाराका साथ आजबाट साताव्यापी नेपाल वातावरण सप्ताह मनाउँदै छन ।

कार्यक्रमका सम्बन्धमा जानकारी दिन शुक्रवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै  आजदेखि आगामी  ज्येष्ठ  २३ गतेसम्म नेपाल वातावरण सप्ताह मनाउन लागिएको जानकारी दिदै सप्ताहमार्फत १० हजार जनसमुदायलाई अभिमुखीकरण गराउने लक्ष्य लिइएको समेत जानकारी दिइएको थियो