मङ्लबार, जेष्ठ २३, २०८०

आज अक्षय तृतीया पर्व मनाईदै

काठमाडौ बैशाख १९, वैशाखशुक्ल तृतीया, सातु र सर्वत दान गरी आज अक्षय तृतीया पर्व मनाइदै छ । आजको दिन विवाहका लागि लगन अक्षय तृतीया तथा साइत हेर्नु नपर्ने मान्यता र शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नास नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो ।शास्त्रीय अक्षय तृतीया अक्षय तृतीया विधानअनुसार दियो, कलस र गणेशलाई पुजी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखेर अष्टदलमा पूजा गरिन्छ । अक्षय तृतीयाको दिन खुदो र महको सर्वत तथा जौको सातु खानाले गर्मीयाममा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढाउन सहयोग पुग्ने विश्वास सहित दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिस्रीमध्ये एक चिज लगाई सर्बतसँगै र जौको सातु दान गर्ने चलन छ ।

गर्मीयामको यो दिन स्नान, पूजा, आराधना, दान गर्ने र सातुसर्वत खुवाउने, खानेपानीको व्यवस्था गर्नेजस्ता काम सुस्वास्थ्य र परोपकारका दृष्टिबाट उपयोगी र महत्वपूर्ण मानिन्छ ।पौराणिक कथाअनुसार विष्णुले परशुराम अवतार लिएकाले अक्षय तृतीयाका दिनलाई परशुराम जयन्तीका रूपमा पनि मनाइन्छ । यस्तै सत्य युगको प्रारम्भ भएको मानी अक्षय तृतीयाको दिनलाई युगादि पनि भन्ने गरिएको पाईन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930