शुक्रबार, जेष्ठ १९, २०८०

अपराध न्यूनिकरणका लागि सिसिटिभी जडान

downloadललितपुर ज्येष्ठ ७, ललितपुर जिल्लामा बढ्दो आपराधिक गतिविधिलाई शून्यमा झार्न सिसिटिभीको जडान गरिएको छ । चक्रपथभित्र रहेका जावलाखेल, मानभवन, लगनखेल, हरिहरभवन, मङ्गलबजार, कुपण्डोललगायतका चोकचोकमा करिब रु ४० लागत लाख खर्चमा जडान गरिने सिसिटिभीको सहायताले त्यस क्षेत्रभित्र हुनसक्ने आपराधिक गतिविधिलाई नियन्त्रणमा लिन सहयोग पुग्ने अपेक्षा छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार प्रहरी उपरीक्षक घनश्याम अर्यालका अनुसार सहरी जनघनत्वलाई मध्यनजर गर्दै ४६ स्थानमा सिसिटिभी जडान गर्न लागिएको र हाल १२ स्थानमा काम पूरा भइसकेको जनाएको छ। ललितपुर उद्योग वाणिज्य सङ्घको पहलमा सुरु गरिएको यस कार्यका लागि जिल्ला विकास समिति र ललितपुर उपमहानगरपालिकाबाट अनुदान सहयोग प्राप्त भएको प्राप्ता समाचारमा उल्लेख गरिएको छ।