आइतवार, जेष्ठ २१, २०८०

अख्तियारद्वारा सुन तस्करीको अभियोगमा लामा पक्राउ

काठमाडौँ ज्येष्ठ २ ,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले सुन तस्करीको अभियोगमा चीनको स्वशासित क्षेत्र तिब्बत घर बताउने काठमाडौं महानगरपालिका–६ तीनचुलेमा बसोबास गर्दै आएका आवा लामालाई एक किलो सुन, रु ५० akhtiyar-ayoogहजार नगद र बा५४प ४९८८ नम्बरको मोटरसाइकलसहित आज पक्राउ गरेको पक्राउ गरेको छ ।

बरामद सुन, नगद र मोटरसाइकलसहित अभियुक्तलाई राजस्व अनुसन्धान विभाग चलान गरिएको आयोगले जनाएको छ । यसैबीच, आयोगले तत्कालीन प्रहरी नायब उपरीक्षक रामेश्वरप्रसाद यादव र प्रहरी जवान ढकबहादुर गुरुङविरुद्ध आज विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ ।  अभियुक्तद्वयले २०६९ सालमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा रहँदा लागू औषध मुद्दाका थुनुवा सतिश प्रधानसँग बैंकमार्फत रु एक लाख घुस लिएका थिए । अभियुक्तहरूले घुस लिएको पुष्टि भएपछि निलम्बन गरी कारबाही थालिएको जनाउँदै उनीहरूविरुद्ध हदैसम्मको सजाय माग गर्दै उक्त अदालतमा आरोपपत्र दायर गरिएको जनाएको छ।