शनिबार, बैशाख ८, २०८१

सत्य निरूपण र बेपत्ता छानविनसम्बन्धी विधेयकमा तीन दलका शीर्ष नेताबीच सैद्धान्तिक सहमति

 काठमाडौँ चैत २४, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र सर्वोच्च अदालतको फैसलाको भावनाअनुसार नै सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता 3 dallछानविनसम्बन्धी विधेयक तयार गर्न प्रमुख तीन दलबीच सैद्धान्तिक सहमति भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको तीन दलका शीर्ष नेताबीचको बैठकले उक्त सैद्धान्तिक सहमतिलाई विधेयकको मस्यौदामा सम्बोधन गर्न तीन दलले गठन गरेको छ सदस्यीय कार्यदललाई जिम्मा दिएको छ । कार्यदलले मङ्गलबार साँझसम्ममा विधेयकको मस्यौदा तयार गरी शीर्षनेताहरुको बैठकमा पेस गर्ने कार्यादेश दिईएको छ।  त्यसपछि उक्त मस्यौदालाई कानुन मन्त्रालयले बियेयक बनाई चैत २६ गते बस्ने व्यवस्थापिका संसदको बैठकमा पेस गरिनेछन् ।