शनिबार, बैशाख ८, २०८१

सङ्गीतको अनाधिकृत बिक्री वितरणविरुद्ध सङ्घ जुटे राष्ट्रिय अभियानमा

 काठमाडौं वैशाख ७ , राष्ट्रिय सङ्गीतकर्मी सङ्घले नेपाली गीत/सङ्गीतको अनाधिकृत बिक्री वितरणविरुद्ध राष्ट्रिय अभियान सुरु गरेको छ । सङ्घले शनिबार 17-8-praduct1_1291357341यहाँ पत्रकारसम्मेलनको अयोजना गरी गीत÷सङ्गीतको क्षेत्रमा गरेको लगानी बालुवामा पानी हालेजस्तै भएकाले अनाधिकृत रूपमा बिक्री वितरण रोक्नका लागि यस्तो अभियान सुरु गरेको बतायो ।

पत्रकार सम्मेलनमा सङ्घले गीत÷सङ्गीत क्षेत्रको समूचित विकासका लागि र सरकारले अधिकार सम्पन्न ‘सङ्गीत विकास बोर्ड’को गठन गर्नुपर्नेलगायत आठबँुदे मागसमेत गरेको छ । त्यस्तै कलाकर्मीको प्रतिभालाई सरकारी सञ्चारमाध्यमबाट निःशुल्क वा न्यूनतम दरमा कार्यक्रम सञ्चालन हुनुपर्ने, गीत÷सङ्गीतको कार्यक्रमको टेन्डर प्रणाली पूर्ण रुपले नियन्त्रण गर्नुपर्ने, गीत÷सङ्गीत गरेबापत सबैले रोयल्टी तिर्नुपर्नेलगायत रहेका छन् ।

प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयका रजिस्ट्रार विश्वकुमार केसीले आफ्नो प्रतिभा अरूले कपी गरेको थाहा भएमा प्रहरीमा उजुरी दिएर कारबाही गर्न सकिने व्यवस्था रहेको बताउनुभयो । कायक्रममा सङ्गीत रोयल्टी समाजका अध्यक्ष सुरेश अधिकारी सङ्घका अध्यक्ष रेशम थापा लगायतका वक्ताहरुले बोल्नु भएको थियो ।