शुक्रबार, बैशाख ७, २०८१

संसद् बैठक हेर्न चाहने दर्शकलाई प्रवेशद्वारबाटै स्कर्टिङ

  काठमाडौँ वैशाख ३, संविधानसभा र संसद् बैठक हेर्न चाहने दर्शकलाई प्रवेशद्वारबाटै स्कर्टिङ हुने भएको छ । दर्शक स्वयंबाटै हुन सक्ने संसदीय मर्यादा उल्लंघनका घटना रोक्न यस्तो गर्न लागिएको हो । आन्दोलनरत अस्थायी शिक्षकहरूले चैत २६ गते संसद् बैठक चलिरहेका बेला दर्शदीर्घामा गरेको नाराबाजीपछि संविधानसभा संसदमा  दर्शक पास वितरण र सुरक्षा व्यवस्था परिवर्तन हुन लागेको हो । संसद् सचिवालयका सहसचिव कृष्णहरि खड्का resize_imageनेतृत्वको तीन सदस्यीय छानबिन समितिले बैठक कक्षभित्रै नाराबाजीको उक्त घटनाले संसदीय मर्यादामा आँच पुर्‍याएको ठहर गर्दै दर्शक प्रवेश प्रणाली सुधारको सिफारिस गरेको खवर आजको कान्तिपुर दैनिकमा राजेन्द्र फुयालको वाइलाइनमा समाचार प्रकाशित रहेको छ ।

समितिमा उपमर्यादा पालक हरिभक्त खड्का र डीएसपी राजेन्द्रप्रसाद श्रेष्ठ सदस्य थिए । समितिले संविधानसभारसंसदा महासचिव मनोहरप्रसाद भट्टराईलाई मंगलबार बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि भने केही समय कुर्नुपर्ने छ । प्रतिवेदन अध्ययनको क्रममा छ, संसद् सचिवालयका प्रवक्ता मुकुन्द शर्माले भने, संविधानसभा अध्यक्ष, उपाध्यक्ष र सरोकारवाला अन्य निकायसँगको छलफलपछि यसलाई कार्यान्वयनमा लगिनेछ ।

यो कार्यान्वयनमा आएपछि दर्शकहरू सभाभवन परिसरको जतासुकै जाने र प्रवेश पाएका दिन जतिबेलासम्म पनि भित्र बस्ने परिपाटी अन्त्य हुनेछ । समितिले दर्शकलाई रातो र अन्य आगन्तुकलाई हरियो अस्थायी पास जारी गर्ने नयाँ व्यवस्था प्रस्ताव गरेको छ । जसअनुसार सभासदले दिने एक दिने प्रवेश पास पाएका दर्शकको परिचयपत्र ,नागरिकता, सवारी चालक अनुमतिपत्र ��ा सरकारी कार्यालयको परिचयपत्र राखेर रातो अस्थायी प्रवेश पास दिइनेछ । यस्तो पास लिने प्रक्रिया पूरा गरेका दर्शकलाई मर्यादापालकको स्कर्टिङमा सोझै दर्शक दीर्घामा लगिने र बैठक सकिनासाथ स्कर्टिङमै भवनबाहिर पठाइने व्यवस्था हुनेछ । यस्तो स्कर्टिङ र उनीहरूको सामान सुरक्षाका लागि छुट्टै स्थान मिलाउन कम्तीमा दस जना मर्यादापालक थप गर्नुपर्ने समितिको सुझाव छ ।

छानबिन समितिले नाराबाजीलगायत संसदीय मर्यादाविपरीतका कार्यमा संलग्नहरूलाई कारबाही गर्ने स्पष्ट कानुनी व्यवस्था गर्न सिफासिर गरेको छ । संविधानसभाको नियमावलीमा संसदीय मर्यादामा प्रतिकूल असर पर्ने कुनै कार्य गर्न नहुने उल्लेख भए पनि त्यसो गर्नेलाई के कारबाही गर्ने भन्ने स्पष्ट व्यवस्था छैन । संविधानसभा हातामा शान्ति सुव्यवस्था कायम गर्ने र प्रवेश अनुमति नियमित गर्ने अधिकार भने संविधानसभा अध्यक्षलाई छ ।

नाराबाजीमा संलग्न आठ अस्थायी शिक्षकलाई दर्शक पास उपलब्ध गराउने सभासदको नाम पहिचान गरेको छानबिन समितिले उनीहरूलाई समेत काराबाहीको दायरामा ल्याउने कानुन बनाउन सिफारिस गरेको छ । नाराबाजीमा संलग्न अस्थायी शिक्षकलाई पास उपलब्ध गराउने आठमध्ये पाँच जना एमालेका सभासद छन् भने तीन जना साना दल सम्बद्ध सभासद छन् । प्रतिवेदनका अनुसार नाराबाजीमा संलग्नहरूले एमाले सभासदहरू कृष्णप्रसाद पौडेल, ताराकान्त चौधरी, जुनैद अन्सारी, मञ्जुकुमारी चौधरी र शिवकुमारी गोतामे, संघीय समाजवादी पार्टीका काशीम अली सिद्धिकी, फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी रुकमिणी चौधरीले सांसद सुविधा शाखाबाट हस्ताक्षर गरी बुझेको पास प्रयोग गरेका थिए ।

सभासदबाट दर्शक पास पाएकाहरूले मूलद्वारमा सुरक्षाकर्मीको र भित्री प्रवेशद्वारमा मर्यादापालकको सामान्य सुरक्षा जाँचपछि दर्शकदीर्घासम्म प्रवेश पाउँदै आएका छन् । उक्त दर्शक पासमा भित्र जानेको नाम उल्लेख गरिए पनि त्यसलाई सम्बन्धित व्यक्तिको परिचयपत्रसँग भिडाएर हेर्ने गरिएको छैन । छानबिन समितिले प्रवेशद्वारमा सुरक्षा जाँचका लागि अत्याधुनिक यन्त्र जडान गर्न पनि सुझाव दिएको छ ।

सभाभवन भित्रको सुरक्षाका लागि ९१ मर्यादापालक ९काजमा गएका प्रहरी० र बाहिरी सुरक्षाका लागि ७० प्रहरी खटिएका छन् । बैठक कक्षको बाल्कोनीमा दर्शकका लागिमात्र २ सय ६५ सिट छन् । त्यससँगै विशिष्ट र कूटनीतिज्ञका लागि ८५, दलका विशिष्ट कार्यकर्ताका लागि ६५ र पत्रकारकार लागि ६५ सिट छुट्याइएको छ । यी सबैको रेखदेखका लागि खटिएका मर्यादापालकको संख्या कम भएको र अनुशासन कायम गराउने काम प्रभावकारी नभएको छानबिन समितिको निष्कर्ष छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031