शुक्रबार, चैत्र १६, २०८०

संविधान अभिलेख तथा निक्र्यौल समितिको बैठक,कार्यक्षेत्र प्रष्ट पार्न सभासद्हरुको आग्रह

  काठमाडौँ चैत २३,अघिल्लो संविधानसभामा भएका सहमतिलाई लिपिबद्ध गर्न गठित संविधान अभिलेख तथा निक्र्यौल समितिको बैठकले सबैभन्दा पहिले विगतमा भएका सहमति के के हुन् र के के विषयमा सहमति भएका होइनन्, त्यसलाई छुट्टयाउने र कार्यक्षेत्र प्रष्ट पार्ने निर्णय गरेको छ ।  अघिल्लो kb_gurung_ संविधानसभामा सहमति भएका विषयलाई लिपिबद्ध रूपमा संविधानसभामा प्रस्तुत गर्न समितिले कार्यादेश तोकेको भएपनि प्रवेश गराउने कार्ययोजनाका विषयमा समिति नै प्रष्ट हुनुपर्ने भएकाले सो निर्णय गरिएको समितिका ज्येष्ठ सदस्य कुलबहादुर गुरुङले जानकारी दिनुभयो ।

 समितिको आजको बैठकमा आ–आफ्नो धारणा राख्ने क्रममा सभासद् अग्निप्रसाद सापकोटा, टेकबहादुर बस्नेत, दीपक बोहोरा, नवीन्द्रराज जोशी, विष्णु पौडेल, किरण यादव, पशुपति चौलागाईंले अघिल्लो संविधानसभामा भएगरेका सहमतिको स्वामित्व लिएर विवादित विषयमा मात्र छलफल गर्नुपर्ने धारणा राख्नुभएको थियो । सभासद्को त्यस्तो धारणापछि समितिका ज्येष्ठ सदस्य गुरुङले आगामी बैठकमा सचिवालयले कार्यतालिका र कार्ययोजना तयार पारेर ल्याउने निर्णय सुनाउनुभएको थियो ।