बिहिबार, चैत्र १५, २०८०

संविधानसभाका पाँचवटै समितिका सभापतिहरु निर्विरोध निर्वाचित

काठमाडौँ वैशाख १२,  संविधानसभाका विभिन्न पाँच महत्वपूर्ण समितिका सभापतिहरू आज सर्वसम्मतरूपमा निर्वाचित हुनुभएको छ । सिंहदरबारस्थित bicc 1 (1)संसद् सचिवालयमा ती समितिका अलग अलग बैठकमा सभापति चयन गरिएको हो । जसअनुसर संवैधानिक राजनीतिक संवाद सहमति समितिमा एनेकपा माओवादीका नेता डा बाबुराम भट्टराई, संविधान मस्यौदा समितिमा नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला, संविधान अभिलेख तथा निक्र्यौल समितिमा नेकपा ९एमाले० का सचिव विष्णुप्रसाद पौडेल,त्यस्तै, क्षमता अभिबृद्धि समितिमा फोरम नेपालकी लक्ष्मी चौधरी र त्यस्तै गरि नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिको सभापति पदमा प्रमिला राणा निर्विरोध निर्वाचित हुनु भएको छ । 

संविधान सनमार्ण संग प्रत्यक्ष सरोकार राख्ने यि समितिमा सभापतिहरु निर्वाचित भए संगै संविधान निर्माणका कार्यले थप गति लिने विश्वास गरिएको छ ।