शुक्रबार, बैशाख ७, २०८१

व्यवसायकर तिर्न अटेर गर्ने वित्तीय संस्थालाइ कारवाही गर्ने कामपाको तयारी

काठमाडौ वैशाख ८, दैनिक लाखौं रुपैयाँ कारोबार गर्ने वित्तीय संस्थाले काठमाडौं महानगरपालिकालाई घरजग्गा तथा व्यवसाय कर तिर्न अटेर गरेका छन् । महानगरले तयार पारेको प्रतिवेदनमा अधिकांश वित्तीय संस्थाले स्थापनाकालदेखि नै घरजग्गा र व्यवसाय कर छल्दै आएको उल्लेख रहेको खवर आजको kmc office कान्तिुर दैनिकमा दिपेन्द्र विष्टको वाईलाइनमा समाचार प्रकाशित रहेको छ ।  स्थानीय स्वायत्त शासन नियमावलीअनुसार नगरक्षेत्रभित्रका व्यवसायीले घरजग्गा र व्यवसाय कर तिर्नुपर्ने प्रावधान छ ।

महानगरका सूचना अधिकृत महेश काफ्लेले कर तिर्न पटक९पटक अनुरोध गर्दासमेत बैंकहरूले चासो नदिएको बताए । ुपत्रबाट र मौखिक रूपमा पनि अनुरोध गरिसकेका छौं, वास्ता नै गर्दैनन्, उनले भने, अधिकांशले एक लाख रुपैयाँभन्दा बढी कर तिर्न बाँकी छ । अटेर गर्दै आएका वित्तीय संस्थालाई नछाडिने उनले चेतावनी दिए । स्ट्यान्डर्ड चार्टर्ड बैंक नयाँ बानेश्वर, हिमालय बैंक ठमेल, एसबीआई हात्तीसार, बंगलादेश बैंक नयाँ बानेश्वर, एभरेस्ट बैंक लाजिम्पाट, नेपाल क्रेडिट एन्ड कमर्स बैंक बागबजारले घरजग्गा तथा व्यवसाय कर नतिरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै लक्ष्मी बैंक हात्तीसार, लुम्बिनी बैंक दरबारमार्ग, सिद्धार्थ बैंक कमलादी, ग्लोबल आईएमई बैंक पानीपोखरी, सिटिजन बैंक शारदा सदन, प्राइम कमर्सियल बैंक वीरा कम्प्लेक्स, सनराइज बैंक गैरीधारा र ग्रान्ड बैंक कमलादीले पनि कर तिरेका छैनन् । त्यसैगरी ग्रान्ड बैंक काठमाडौं प्लाजा, एनएमबी बैंक बबरमहल, किस्ट बैंक अनामनगर, जनता बैंक शंखमूलमार्ग, मेगा बैंक कान्तिपथ, कमर्स एन्ड ट्रस्ट बैंक तीनधारा कमलादी, सिभिल बैंक कमलादी, सेन्चुरी कमर्सियल बैंक पुतलीसडक, सानिमा बैंक नारायणचौर नक्सालले पनि हालसम्म घरजग्गा तथा व्यवसाय कर तिरेका छैनन् ।

कर नतिर्ने सूचीमा एनआईसी एसिया बैंक त्रिपुरेश्वर, मनकामना विकास बैंक दरबारमार्ग, इन्पास्टक्चर विकास बैंक घन्टाघर, एनडीईपी विकास बैंक कमलादी, एचएन्डबी बैंक कमलपोखरी, क्लिन इनर्जी बैंक नारायणचौर, भिबोर विकास बैंक त्रिपुरेश्वर, काष्ठमण्डप डेभलपमेन्ट बैंक न्युरोड पनि छन् । प्रतिवेदनका अनुसार ज्योति विकास बैंक कमलपोखरी, इन्टरनेसनल विकास बैंक टेकु, टुरिज्म डेभलपमेन्ट बैंक नक्साल, प्रभु विकास बैंक लैनचौर, राष्ट्रिय बिमा संस्थान रामशाहपथ, नेसनल लाइफ इन्स्योरेन्स नारायण चौर, नेपाल लाइफ इन्स्योरेन्स कमलादी, प्राइम लाइफ इन्स्योरेन्स हात्तीसार र एभरेस्ट लाइफ इन्स्योरेन्स हात्तीसारले पनि कर तिरेका छैनन् ।

विगत छ महिनादेखि महानगरका कर्मचारीले घरजग्गा तथा व्यवसाय कर बुझाउन घरजग्गा धनी र व्यवसायीलाई अनुरोध गर्दै आएका छन् । यसरी घरजग्गा र व्यवसाय करमा कडाइ गरेपछि ६ महिनामा महानगरले करिब डेढ अर्ब राजस्व संकलन गरेको छ । महानगरका कार्यकारी अधिकृत लक्ष्मण अर्यालले कर छल्ने कसैलाई पनि नछोड्ने बताए । दैनिक लाखौंको व्यापार गर्छन्, राजस्व तिर्दैनन्, पटकपटक अनुरोध गरिसकेँ, अब कसैलाई पनि छोडिंदैन । कानुनअनुसार कारवाही गर्छौुं, उनले भने ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031