शुक्रबार, चैत्र १६, २०८०

वैदेशिक रोजगार विभागबाट १० जना विचौलिया पक्राउ

 काठमाडौँ चैत १९ ,महानगरीय प्रहरी परिसर हनुमानढोकाले वैदेशिक रोजगार विभाग तीनकुनेमा श्रम स्वीकृतिका लागि जाने सेवाग्राहीलाई ठगी गरेको 5 (1)आरोपमा १० जना विचौलियालाई पक्राउ गरेको छ । काम छिटो गरिदिन्छु भन्दै विभिन्न दबाब र प्रभावमा पारी रकम असुली गर्दै सेवाग्राहीलाई ठगेको आरोपमा उनीहरूलाई विभागको कार्यालय परिसरबाटै पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा अञ्जन मोक्तान, रोशन शिवाकोटी, दुर्गाप्रसाद पाण्डे, राजकुमार चिमोरिया, सन्दीप तामाङ, अशोक देउजा, विजय ढुङ्गेल, सञ्जय लामा, भुवन थापा र मोदनाथ ओली रहेका छन् ।