शुक्रबार, बैशाख ७, २०८१

विश्व नारी साहित्य सम्मेलन जेठमा,डा गिरीलाई रु पाँच लाख पुरस्कार

  काठमाडौं चैत्र २५, त्रिमूर्ति निकेतनबाट गठित ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’ आगामी जेठ १५–१७ गते काठमाडौंमा हुने भएको छ । सम्मेलनमा नेपालका १४ अञ्चल र नेपालबाहिरका अफ्रिका, अमेरिका, अस्ट्रिया, अस्ट्रेलिया, इजरायल, ओमान, दक्षिण कोरिया, क्यानडा, चीन, जर्मनी, जापान, नर्वे, Banira-Giri-coverपोर्चुगल, फ्रान्स, बहराइन, बेलायत, भारत, भियतनाम, म्यान्मा र स्विट्जरल्यान्डमा बस्ने नेपाली नारी स्रष्टाले कार्यपत्रमार्फत सहभागिता जनाउने छन् ।

सम्मेलनकै अवसरमा डा वानिरा गिरीलाई रु पाँच लाख राशिको पुरस्कारसहित ‘नेपाली साहित्यका विश्व नारी रत्न’ को औपचारिक उपाधि प्रदान गरिने निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिनुभयो ।

सम्मेलनको क्रममा विश्व नारी नेपाली कविता’ ‘विश्व नारी नेपाली कथा’,लगायत १४ पुस्तक प्रकाशन गरिने बुझिएको छ । साथै नरेन्द्रराज र इन्दिरा प्रसार्इंको सम्पादनमा ‘कवितामा वानीरा’, ‘वानीरा गिरीको कृतिस्तम्भ’, ‘विश्व नारी नेपाली साहित्यको रेखाङ्कन’ र ‘चौध अञ्चलमा नारी साहित्य’ नामक कृति पनि सम्मेलनका अवसरमा प्रकाशन हुने जनाइएको छ ।