बिहिबार, बैशाख १३, २०८१

लोकतान्त्रिक उपलब्धिलाई संस्थागत गर्नु आजको आवश्यकता : उपराष्ट्रपति झा

 काठमाडौँ वैशाख १, नववर्ष २०७१ का अवसरमा उपराष्ट्रपति परमानन्द झाले नेपाली जनताले विगतमा अनवरतरूपमा गर्दै आएको बलिदानपूर्ण सङ्घर्ष र parmanadha jhaजनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक उपलब्धिलाई संस्थागतरूपमा सुदृढ गर्नु नै आजको टड्कारो आवश्यकता भएको बताउनुभएको छ । ‘जनचाहना बमोजिमको लोकतान्त्रिक संविधानको निर्माणबाट नै नेपालमा जनप्रतिनिधिमूलक लोकतान्त्रिक परिपाटी बलियो एवम् स्थायी हुन सक्दछ भन्नेमा कुनै द्विविधा छैन ।’ सन्देशमा भनिएको छ । नव वर्ष २०७१ मा सुख, शान्ति आपसी समझदारी, सद्भाव तथा सहकार्यको वातावरणमा थप अभिवृद्धि होस् भन्ने कामना पनि उपराष्ट्रपति झाले गर्नुभएको छ ।