बिहिबार, बैशाख १३, २०८१

ललितपुर सङ्ग्रहालयको प्रवेश शुल्कमा वृद्धि

 ललितपुर चैत २३, ललितपुर सङ्ग्रहालयले नववर्ष अर्थाथ आउँदो वैशाख १ गतेदेखि सङ्ग्रहालय प्रवेश शुल्कमा वृद्धि गर्ने भएको छ । हालको प्रवेश शुल्कबाट सङ्ग्रहालयलाई सञ्चालन गर्न कठिनाइ भएको जनाउँदै सङ्ग्रहालय प्रवेश शुल्कमा फेरबदल गर्न लागेको सङ्ग्रहालयका अधिकारीलाइ उदृत गर्दै प्राप्त समाचारमा patan-museumउल्लेख गरिएको छ । 

हाल सङ्ग्रहालयको प्रवेश शुल्क विदेशी आगन्तुकका लागि रु २५०, विदेशी विद्यार्थीका लगि रु २०० सार्क र चिनियाँ आगन्तुकको लागि रु १५०, स्वदेशी आगन्तुक रु २० र स्वदेशी विद्यार्थीको लागि रु १० लिइदै आएकोमा वैशाख १ गतेदेखि लागू हुने प्रवेश शुल्क अन्र्तगत विदेशी आगन्तुकका लागि रु ४००, विदेशी विद्यार्थीको लागि रु ३००, सार्क र चिनियाँ आगन्तुकका लागि रु २५०, स्वदेशी आगन्तुकको लागि रु ३० र नेपाली विद्यार्थीको लागि रु २० निर्धारण गरिएको समाचारमा उल्लेख रहेको छ ।